तीन दशकमा दलित प्रतिनिधित्व: एउटै जातको बाहुल्यता

पछिल्ला तीन दशकमा निर्वाचित १४१ दलित सांसदमध्ये आधा हिस्सा विश्‍वकर्मा समुदायले ओगटेका छन्। त्यसपछि पहाडी दलितबाट परियार र नेपाली तथा मधेशीबाट दुसाध र हरिजन समूहको प्रतिनिधित्व रह्यो, जबकि दलितभित्रका अन्य धेरै जाति प्रतिनिधित्वविहीन रहे।