फेवातालको ६५ मिटर र ३० मिटर मापदण्डमा पर्ने संरचना

फेवातालको मापदण्ड ३० मिटर कायम गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको छ। पोखरा महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले कायम गरेको ३० मिटर मापदण्ड सर्वोच्चले बदर गरेपछि अन्तरिम आदेश माग गर्दै २२ जनाले वैशाख १९ गते सर्वोच्चमा रिट दर्ता गराएका हुन्।