अदालत पुगेका अधिकांश दम्पत्ति मिलापत्रमै छुट्टिन्छन्

काठमाडौं जिल्ला अदालतको पाँच दिनको पेशीमा परेका ६९ सम्बन्धविच्छेद मुद्दाको आदेश विश्लेषण गर्दा २८ वटा ९करिब ४१ प्रतिशत० मुद्दा मिलापत्रमार्फत टुंगिएको देखिन्छ। यसले अदालतमा पुगेका अधिकांश दम्पत्तिले अन्तिम फैसला पर्खिनुभन्दा आपसी सहमतिमै सम्बन्धविच्छेद टुंग्याएको संकेत गर्छ।