काठमाडौं महानगरको जनसंख्या वृद्धिदर किन घट्यो?

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार काठमाडौं जिल्लाका १० पालिका मध्ये काठमाडौं महानगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ। महानगरको वार्षिक जनसंख्या वृद्धिदर -१.१८ रहँदा कागेश्वर मनोहरा नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर भने ७.४१ पुगेको छ।

Chart: सहयोग रञ्जित Source: राष्ट्रिय जनगणना २०७८ Get the data