सजाय ३० दिन, तर हिरासतमा १२२ दिन

करिब आधाजति अभियुक्तहरूले अदालतले तोकेको सजायभन्दा बढी अवधि पहिले नै हिरासतमा बिताए। सफाइ पाएकामध्येले पनि त्यस्तो कसुरको आरोपमा औषतमा २५ दिन हिरासतमा बिताए, जुन कसुरमा उनीहरू संलग्न नै थिएनन्।