कुनै एउटा पत्ती पर्खिरहनुभएको छ? त्यसका तीनै पत्ती झरिसकेका छैनन् भने अबको १० राउन्डभित्र तपाईंले उक्त पत्ती तान्ने सम्भावना करिब २३% हुन्छ। दुईवटा झरिइसकेका छन् भने त्यस्तो सम्भावना घटेर करिब ८% मा झर्छ। कुन पत्ती पर्छ भन्ने त संयोगको खेल होला तर, तपाईंले त्यसलाई कतिन्जेलसम्म पर्खने हो भन्ने कुरा भने तपाईंले अरूले के के फालिसके भन्ने कुरा कत्तिको सम्झनसक्नुहुन्छ भन्ने कुराले तय गर्छ।