निर्वाचन २०८२: दलित प्रतिनिधित्व विश्वकर्मा समुदायमा सीमित

२०८२ को प्रतिनिधिसभामा दलित समुदायबाट १७ जना पुगेका छन्, जुन उनीहरूको जनसंख्याको अनुपातमा आधा मात्रै हो। तर, त्यस्तो सीमित प्रतिनिधित्व पनि केबल एक जाति–विश्वकर्मा– मा केन्द्रित देखिन्छ, १४ सांसद त्यही समुदायबाट भएकाले। मधेशी दलित शून्य रहेको यो प्रतिनिधिसभामा पहिलोपटक बादी समुदायबाट एक जना सांसद बनेका छन्।