रास्वपा उदाउँदा कसले कति गुमाए ?

कांग्रेस, एमाले र माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २०७४ मा क्रमश: २३, ८० र ३७ गरी १६५ मध्ये १४० सिट जित्दा रास्वपा गठन नै भएको थिएन। २०८२ मा रास्वपाले एक्लै १२५ सिट जित्दा एमाले ८० बाट ९ मा, माओवादी (हाल नेकपा) ३७ बाट ७ मा र कांग्रेस २०७९ मा केही सुधारका बाबजुद १९ सिटमा खुम्चियो।