निर्वाचन २०७९: तुलनात्मक रूपमा सन्तुलित परिणाम

संविधान जारी भएपछिका तीनमध्ये २०७९ को निर्वाचनको परिणाम तुलनात्मक रूपमा सन्तुलित थियो- मत र सिटको अनुपातका हिसाबले। कांग्रेसले प्राप्त मतभन्दा प्राप्त सिटमा करिब १० प्रतिशत बिन्दुले लाभ लिएको भए पनि कुनै एक दलको वर्चस्व थिएन र प्रत्यक्ष निर्वाचन प्रणालीले अपेक्षाकृत न्यायपूर्ण परिणाम दिएको थियो।