निर्वाचन २०७४: कांग्रेस दण्डित, एमाले पुरस्कृत

२०७४ को प्रत्यक्ष निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी ३५.७ प्रतिशत मत पायो तर जम्मा १४ प्रतिशत सिट मात्र जित्यो। एमालेले ३०.७ प्रतिशत मतमा ४८.५ प्रतिशत सिट जित्यो— प्रत्यक्ष निर्वाचन प्रणालीले कांग्रेसलाई दण्डित गर्दा एमालेलाई बढी र माओवादीलाई केही मात्रामा पुरस्कृत गर्‍यो।