तीन निर्वाचनको तुलना गर्दा सांसदहरूको उमेर संरचनामा आमूल परिवर्तन देखिन्छ। २०७९ मा ६० वर्षभन्दा माथिका ६२ जना सांसद निर्वाचित भएकामा २०८२ मा यो संख्या घटेर जम्मा १३ मा झर्यो। ३९ वर्ष वा सोभन्दा कम उमेरका सांसद संख्या २०७९ को ९ बाट बढेर २०८२ मा ५५ पुग्यो।