सगरमाथा आरोहणमा मृत्युदर घट्दै, तर पुरुषको मृत्यदर महिलाको भन्दा ५ गुणा बढी

महिलाले पहिलोपटक पाइला टेकेको सन् १९७५ देखिको तुलनामा सगरमाथामा पुरुषको मृत्युदर हरेक दशकमा बढी छ। पछिल्लो ५ दशकमा दुवैको मृत्युदर तीव्र गतिमा घटेको छ, तर महिलाको हकमा सुधार धेरै राम्रो छ। सबैभन्दा जोखिमयुक्त मानिने 'शेर्पा' को काममा मुख्यत: पुरुषले काम गर्छन्। अर्को, महिला आरोही पुरुषको तुलनामा करिब १० प्रतिशत मात्रै छन्। यी दुवै कारणले पुरुषको मृत्युदर बढी हुनुको आंशिक कथा भन्छन्, तर महिलाको मृत्यु किन कम हुन्छ भन्नेबारे पूर्ण व्याख्या गर्दैनन्।