नेपालमा गरिब कति?

नेपालमा गरिब कति छन् भन्ने प्रश्नको जवाफ औसतमा दैनिक कतिसम्म उपभोग गर्नेलाई गरिबीको परिभाषामा राखिन्छ भन्नेमा निर्भर गर्छ। विभिन्न मापदण्ड अनुसार नेपालमा चरम गरिबीको रेखामुनि (दैनिक ३ अमेरिकी डलर भन्दा कम उपभोग गर्ने) करिब ७ लाख मानिस छन्। तर, दैनिक ८.३० अमेरिकी डलर उपभोग नगर्नेहरू भने करिब एक करोड ५७ लाख। तलको ग्राफले चार वटा फरक मापदण्डअनुसार गरिबीको रेखामुनि रहेका नेपालीको संख्या देखाउँछ (लाखमा)।