जिल्लागत रुपमा वैदेशिक रोजगारीमा जानेको अवस्था

नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढि धनुषाबाट वैदेशिक रोजगारीमा गएको तत्थ्यांकले देखाएको छ । धनुषाबाट २६८ जना महिला र ३९ हजार ३११जना पुरुष गरी ३९ हजार ५७९ जना विदेश गएको देखिएको छ । यस्तै, मनाङबाट कम संख्यामा गएको देखिएको छ ।