सगरमाथा आरोहणमा अक्सिजन प्रयोग: जहिल्यै पुरुषले बढी

सन् १९७५ पछिको हरेक दशकमा महिलाको अक्सिजन प्रयोगदर पुरुषको भन्दा कम नै छ। २०२० को दशकमा हरेक चारमध्ये तीन महिलाले अक्सिजनको प्रयोग गर्दा पुरुषको दर भने हरेक ५ मध्ये चार देखिन्छ। तर, सोही अवधिमा महिलाको मृत्युदर भने पुरुषको भन्दा (०.९३ प्रतिशत) करिब ५ गुणाले कम (०.२ प्रतिशत) छ।