निर्वाचन २०७४: एक सिट जित्न कांग्रेसलाई एमालेलाई भन्दा औसतमा ४ गुणा बढी मत आवश्यक थियो
०७४ मा एक सिट जित्न एमालेलाई औसतमा ३८,५२८ मतले पुग्यो। तर कांग्रेसलाई १,५६,१२१ मत चाहियो, एमालेको भन्दा ४ गुणा बढी। अर्थात् कांग्रेस मतदाताको एक मत एमाले मतदाताको एक मतभन्दा चार गुणा कमजोर थियो।